शनिबार, आश्विन १७ गते २०८३

भक्तपुर बचत संघले गर्यो गत आर्थिक बर्षको समीक्षा, कुल वासलातमा ३१ प्रतिशतले वृद्धि


श्रावण २१, २०८० आइतबार
भक्तपुर बचत संघले गर्यो गत आर्थिक बर्षको समीक्षा, कुल वासलातमा ३१ प्रतिशतले वृद्धि

 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले वार्षिक समिक्षा तथा आ.ब.२०८०/८१ को बजेटनिर्माण  कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीमा हाल ऋणीले ऋण नतिर्ने, संचालकहरुले पैंसा चलाउने र बचतकर्ताहरुलाई बचत फिर्ता दिन नसक्ने तीन किसिमको समस्याहरु आएको बताए । उनले सहकारी विभागबाट जारी सूचना, सहकारी सुधार सुझाव कार्यदलले पेश गरेको अल्पकालीन तथा दिर्घकालिन उपायहरुको चर्चा गरेका थिए । उनले समिक्षा गर्दा आफ्नो कमजोर सुधार गर्ने मौका पाउँछ र असल बाटो देखाउने भएकोले समीक्षा गर्दै जानुपर्ने आवश्यकता औल्याए । 

कार्यक्रममा स्वागत मन्तव्य  राख्दै संघका उपाध्यक्ष हरि बल्लले विषम परिस्थितीमा पनि संघको वासलात बढ्नु नै सदस्यलाई विश्वास जित्न सफल भएको बताए । उनले संघको मात्र समीक्षा नगरी अभियानको शुद्धिकरणको लागी समग्र अभियानमा संघको भुमिकाको विषयमा समेत छलफल गर्नुपर्ने  बताए । संघका सचिव जगनाथ प्रजापतिले संघले आ.ब.२०७९।८० मा तय गरेका कार्यक्रमको समीक्षागत प्रगति प्रतिवेदन पेश गरेको थिए । संघले तय गरेका अधिकाशं कार्यक्रमहरु पुरा भएको तर सदस्यता बृद्धि, ऋण लगानी बृद्धि र अग्रिम व्याजकर दाखिला कम गर्ने लक्ष्यमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको उनको भनाइ छ ।

उनले जथाभावी सदस्यता वितरण र ऋण लगानीले संघको जोखिम बढाउने भएकोले संघले सदस्यता बृद्धि र ऋण लगानीमा विशेष ध्यान दिएको जनाए । संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०७९।८० मा गतको कुल वासलातमा ३१ प्रतिशत र अनुमानमा ११९ प्रतिशतले बृद्धि भई २ अर्व २२ करोडको वासलात निर्माण गर्न सफल भएको समीक्षागत आर्थिक प्रगति प्रतिवेदन पेश गरेको थिए । आ.व.२०७९।८० मा संघले रु.३ करोड ४३ लाखको नाफा गर्न सफल भएको उनले बताए । 

संघका व्यवस्थापक बालकृष्ण घोजुले आ.व.२०८०।८१ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कुल वासलात २ अर्व ४५ करोड र नाफामा ३ करोड ९० लाखको नाफा प्रक्षेपण गरिएकोे बजेट पेश गरे ।  साथै संघ र सदस्य संस्थाको संस्थागत विकासका लागि तालिम तथा कार्यक्रम अन्र्तगत २८ लाख १३ हजारको प्रस्तावित कार्यक्रममा समेत छलफल गरिएको थियो । कार्यक्रमको संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गरेकी थिइन । संघको समिति, उपसमिति र कर्मचारीहरु गरी ४३ जनाको सहभागिता रहेको थियोे ।

364122468_2933375463463440_6022480886908431995_n.jpg