दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक साकोसले भविश्यका सञ्चालकहरुको क्षमता बिकासको लागि दुई दिवसिय तालीम सम्पन्न गरेको छ । तालीम श्रावण १९ र २० गते चरिकोटमा अवस्थित संगम होटलमा सञ्चालन गरिएको थियो ।
तालिमको उद्घाटन कार्यक्रम संस्थाको उपाध्यक्ष श्रुणा बस्नेत (श्रेष्ठ) को अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक सदस्य एवं बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का महासचिव जिवस राज खड्काको प्रमुख आतित्थ्यतामा सञ्चालन भएको थियो ।
\उद्घाटन सत्रमा उपस्थित सम्पूर्णलाई संस्थाका सचिव ठाकुर प्रसाद पाठकले स्वागत गर्दै तालिमको उद्देश्य प्रस्ट पारेका थिए । प्रमुख अतिथि र बिशिष्ट अतिथि एवं संस्थापक अध्यक्ष रामदास श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए । शुभकामना मन्तब्यको क्रममा संस्थापक अध्यक्षले स्थापनाको बेलाको स्मरण गरेका थिए भने प्रमुख अतिथिले नीति, बिधि र प्रविधिलाइ आत्मसाथ गर्दै नेपालको साथै यशिया स्तरमा पहिचान बनाउन सफल संस्थाको थप सफलताको लागि र भावि समयमा तालीममा सहभागिहरुको प्रभावकारी नेतृत्वको लागि शुभकामना ब्यक्त गरेका थिए।
यस तालिममा अठार जना शेयर सदस्यहरुले सक्रिय रुपमा भाग लिएका थिए। दुई दिवसिय तालिमको समापन कार्यक्रम संस्थाको अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता तथा भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । तालिममा सहभागिहरुलाई प्रमाणपत्र बितरण गर्दै सहभागिहरुले यस प्रमाणपत्रलाई प्रभावकारी बनाउन सिकेको कुरालाई ब्यबहारमा उतार्न प्रमुख अतिथि मानन्धरले आग्रह गरे । तालिमको सहजीकरण नेफ्स्कूनका तालीम अधिकृत कोमलराज अधिकारीले गरेका थिए । तालीमको उद्घाटन तथा समापन समारोहमा संस्थाको सञ्चालक समिति तथा सिनियर कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ईन्टरनेसनल कोअपरेटिभ एलाईन्स् (आईसिए) को सन् २०१३ मा प्रकासित ब्लुप्रीन्ट फर अ कोअपरेटीभ डिकेड भन्ने दशक खाकामा सहकारीका भावि नेतृत्वलाई पुर्व तालिम आवश्यक पर्दछ । साथै, बचत तथा ऋण सहकारी संस्थाहरुको नेपालको छाता संघ नेफ्स्कूनले भावि नेतृत्वको लागि फिट एण्ड प्रपर टेष्टको अवधारणालाई प्राथमिकतामा राखेको बिषयलाई आधार मान्दै संस्थाले २०७३ सालमा यस तालीमलाई बिनियममा ब्यवस्था गर्दै निरन्तरता दिईरहेको छ ।
हाल सम्म संस्थाले यस प्रकारको तालिम पाँच पटक आयोजना गरको छ भने एक सय उनान्चालीस जना शेयर सदस्यहरुलाई यो तालीम प्रदान गरीसकेको छ । संस्थाले यो तालीमको लागि प्रत्येक बर्ष आवेदन फाराम लिई प्रत्येक दुई बर्षमा तालीम दिने गरी संस्थाको पुनर्लिखित बिनियम २०७९ मा ब्यवस्था गरेको छ ।
नेपालपत्र संवाददाता