शनिबार, कार्तिक ८ गते २०८३

आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

श्रावण १८, २०८० बिहीबार
आईएमई लाइफ इन्स्योरेन्सको सेयर  नेप्सेमा सूचीकृत

आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १८ साउन बिहीबार नेप्से र आईएमई लाइफ इन्स्योरेन्स बीच सेयर सूचीकृत सम्झौता भएको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । नेप्सेले कम्पनीका सेयरलाई पहिलो कारोबारका लागि १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेवटर्थदेखि नेटवर्थको ३ गुणासम्म नेप्सेले ओपनिङ रेञ्ज तोक्ने गर्छ । 

कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ प्रिमियम सहित २३६ रुपैयाँमा प्रतिकित्तामा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको कुल ४ अर्ब रुपैयाँ बराबरबो १०० रुपैयाँ अंकित मूल्यका ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये १ करोड २० लाख कित्ता साधारण सेयर र २ करोड ८० लाख कित्ता संस्थापक सेयर रहेको छ ।