शनिबार, कार्तिक ८ गते २०८३

 सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने  

श्रावण १७, २०८० बुधबार
 सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने  


सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । १७ साउनमा नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । 

कम्पनीको जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ छ । जसको ४० प्रतिशतले हुने १ करोड २३ लाख २०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो । कम्पनीले उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम सहित २२५ रुपैयाँमा आईपीओ निष्कासन गर्नेगरी स्वीकृति पाएको हो । 

त्यस्तै सर्वसाधारणका लागि भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम सहित २३७ रुपैयाँ ५८ पैसा प्रतिकित्ताको दरले सेयर बिक्री गर्नेछ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले पश्चिम नेपालको दाङमा उद्योग स्थापना गरी सोना ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । सन् २००८ मा प्राइभेट कम्पनीको रुपमा स्थापना भएर पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो । कम्पनीको प्रतिदिन २३०० टन सिमेन्ट र १२५० टन क्लिङकर उत्पादन गर्ने क्षमता छ । कम्पनीले सोना ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । सोना सिमेन्ट, सोनाटेक सिमेन्ट, सोनाली सिमेन्ट, सोना चाँदी सिमेन्ट, सोनापुर सिमेन्ट र सोनाश्री सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।