आइएमई पेले कनेक्ट आइपीएस मार्फत बैंक खाता लिंक गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ।
यो सेवा मार्फत ग्राहकहरूले आइएमई पेमा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिंक गरि राख्न सक्ने कम्पनीले जनाएको छ। यसका लागि ग्राहकहरूले आइएमई पेमा रहेको लिंक ‘भाया कनेक्ट आइपीएस’ छनोट गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने छ। यसरी लिंक भइसकेपछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिनेछ।
‘आइएमई पेले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नवप्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्धतामा पनि ठुलो टेवा पुर्याउने उद्देश्यका साथ यो सेवा ल्याइएको हो,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने।