बुधबार, भाद्र ३ गते २०८३

अब एआई–अटोमेशन र नबीन कौशलको आवश्यकता


श्रावण १६, २०८० मंगलबार
अब एआई–अटोमेशन र नबीन कौशलको आवश्यकता

 एआई अर्थात आर्टिफिशियल इण्टेलिजेन्स र अटोमेशन अर्थात उच्च स्वचालनको उदय अब बिश्वमा भबिष्यको अबधारणाको बिषय रहेन । यसले बिश्वभरीका अनेक उद्योगहरुमा एउटा नयाँ क्रान्ति स्थापित गरिसकेको छ । स्वास्थ्य सेवाहरुदेखि लिएर बित्तीय सेवाहरुसम्म यस प्रबिधिले मानिसको भबिष्य बद्लिन थालेको छ । यसले प्रत्येक क्षेत्रमा नबीन कौशलताको आवश्यकता प्रष्टसँग औंल्याइदिएको छ र ठूलो परिबर्तन भइरहेको छ । यस प्रकारको निरन्तर तीब्र गतिमा परिबर्तन हुँदै गइरहेको बिश्वमा प्रौद्योगिकीमा नयाँ कौशल, सीप र ज्ञानको आवश्यकता अझ बढ्न गएको  छ ।

 ब्र्तमान समयमा प्रबिधिको नबीन र त्वरित बिकासको गतिकसाथसाथै बिश्वभरी नै एआई अर्थात आर्टिफिशियल इण्टेलिजेन्सको र उदाउादो प्रबिधिको कौशल बिशेषज्ञको माग पनि तीब्ररुपमा बढ्न थालेको छ ।यस सम्वन्धमा बिश्व आर्थिक मञ्च अर्थात ‘वल्र्ड इकोनोमिक फोरम’ले अनुमान लगाएको छ कि आउदो २०२५ ससम्ममा एआई र मेशिन लर्निङ्गले, बिश्वभरीमाा  १० करोड  नयाँ रोजगारीको सिर्जना गर्ने छ  । यसका अतिरिक्त एउटा आईडिसी प्रतिबेदनले के पनि अनुमान लगाएको छ भने यो चालु बर्ष २०२३ सम्ममानै एआईमाथि बिश्वको खर्चा ९७.९ अर्ब डलरसम्म पुग्नेछ । त्यो तथ्यांकले आउँदा बर्षहरुमा यस क्षेत्रमा असाधारण रुपले नयाँ रोजगारीको सिर्जनमा अभिबृद्धि हुने सम्भावानालााई दर्शाएको  छ।

यस स्थितिमा विश्वका अनेक सशक्त कम्पनीहरु उदाउँदो प्रविधिमा कुशल कार्यबलको उपलब्धताका कारण बिकसित र श्रोत साधन तथा कौशल भएका देशहरुसँग मिलेर काम गर्ने, आफ्नो कौशललाई अझ बिकसित तुल्याउने, मूल्यबान अनुभव प्राप्त गर्ने अवसरको सदुपयोग गर्ने दिशामा अग्रसर देखिन्छन् । बिशेषरुपले अटोमेशन र एआईको उदाउँदो नबीनतर प्रबिधिले बिश्वभरी नै कामको प्रबृत्तिलाई बदलिदिएको छ । समग्र कौशल बिकासका प्रबृत्तिहरुलाई ध्यानमा राखेर बिश्वका बिभिन्न सरकारहरु, शैक्षिक संस्थाहहरु र औद्योगिक इकाईहरु एक साथ खडा हुनुुपर्ने आवश्यकता महसुश गर्दै अग्रसर देखिन्छन् र कौशल बिकासको सबल इको–सिस्टमको निर्माण हुन सक्ने स्थिति देखिँदैछ। यसले केवल कुशल कार्य गर्ने क्षमता सम्पन्न शक्ति अर्थात निपूण कार्यबल निर्मित मात्र हुने होइन यसले आर्थिक बृद्धिकासाथसाथै समग्र बिकासमा पनि अपूर्ब योगदान दिने कुरा आज दैनिक मूख्य चर्चाको बिषय बनिरहेको छ ।

तर हाम्रो देश भने यूवाा रोजागारीका लागि गन्तब्य देशको खोजी गर्ने र त्यसकै आधारमा चल्ने तथा भिखमंगा किसिमले द्ररिदतालाई च्यापेर हिडेने हीन प्रबृत्ति नै हावी बनेर रहेको  छ । देशको रणनीतिक अबस्थिति, ठूलो जैबिक बिबिधता र प्रचुर बिकास सम्भावनालाई यसरी बेवास्ता गर्दै अरु देशको तीब्र बिकास र प्रगतिको रमिता हेरेर बस्ने र केही नसिक्ने मरणोन्मुख बाटोमा कहिलेसम्म घिस्रिने हो अहिलेसम्म कुनै अत्तोपत्तो छैन । शायद ‘मति बिग्रेपछि  गति पनि बिग्रन्छ’ भन्ने कुरा हाम्रै देशमा चरितार्थ हुँँदै आइरहेको छ र भइरहने छ ।