नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुप अन्तर्गत सचांलित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलासचन्द एन्ड को.प्रा.लि. बिच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा “कर्पोरेट पेरोल एसआइपी”मा लगानी गर्ने उद्देश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् प्रा.लि. तथा हंसराज हुलासचन्द एन्ड को.प्रा.लि.का कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (एसआइपी) मार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड को.प्रा.लि.का तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक – एच.आर. नीता राणा, तथा हिम इलेक्ट्रोनिक्स् प्रा.लि.का तर्फबाट उप–प्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।