रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको आर्थिक वर्ष २०८० / ८१ को वार्षिक सामाजिक कृयाकलाप अन्र्तगत साउन १३ गते खुला रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रम संस्थाकी अध्ययक्ष ज्ञानु पौड्यालको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना नियमित रक्तदाताहरुले रक्तदान गरेका थिए । संस्थाकी अध्यक्ष पौड्यालले रक्तदाताहरुलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरेकी थिइन् ।
संस्थाले हरेक वर्षको साउन, मंसिर र चैत्र महिनामा नियमित रुपमा रक्तदान कार्यक्रम गर्दैआएको संस्थाका प्रवन्धक रणबहादुर थापाले बताए । संस्थाले गत असार मसान्तसम्म ४० हजार ६४३ जना सदस्यलाइ वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले प्रकाशित गरेको गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार ३ अर्ब ३३ करोड २४ लाख ८३ हजार कुल सम्पत्ति पुगेको छ । संस्थाको शेयर पुँजी ३० करोड ९० लाख ३६ हजार, बचत संकलन २ अर्ब ५८ करोड १० लाख ४३ हजार र ऋण लगानी २ अर्ब ५९ करोढ६८ लाख १५ हजार रहेको छ । संस्थाको जगेडा कोषमा २४ करोड ९ लाद ५६ हजार ,कर्जा जोखिम कोषमा ५ करोड ४ लाख ३८ हजार र तरलता रकम २३.६८ अर्थात ६१ करोड १२ लाख ४३ हजार रहेको छ । संस्थाबाट १० हजार २४२ जना सदस्यले ऋण लिएका छन् ।