शनिबार, आश्विन १७ गते २०८३

एन आई सी एशियाले शुरु गर्‍यो आवाजबाटै भुक्तानीको जानकारी पाइने स्मार्ट अडियो अलर्ट डिभाइस 

श्रावण १२, २०८० शुक्रबार
एन आई सी एशियाले शुरु गर्‍यो आवाजबाटै भुक्तानीको जानकारी पाइने स्मार्ट अडियो अलर्ट डिभाइस 

 

एन आई सी एशिया बैंकले क्यू आर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ । यस बैंकको क्यू आर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्नेछन् । 

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरूका साथ लाखौं ग्राहक महानुभावहरूमाझ आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको यस बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अपेक्षा बैंकको छ । 

बैंकले ल्याएको यस नवीन प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यू आर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहक महानुभावहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सनेछन् । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा नेपाल पे क्यू आरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको छ । 

मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंक मध्ये एक एन आई सी एशियाले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५४६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।