शनिबार, आश्विन १७ गते २०८३

आइएमई पे मार्फत हवाइ टिकट काट्दा रू. २०० क्यासब्याक पाइने

श्रावण १२, २०८० शुक्रबार
आइएमई पे मार्फत हवाइ टिकट काट्दा रू. २०० क्यासब्याक पाइने

‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा ‘फ्ल्यास सेल्स’ अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु. २०० क्यासब्याक पाउने छन् । साउन ७ गतेदेखि शुरू भएके यो अफर साउन २६ सम्म चल्ने कम्पनीले जनाएको छ ।

सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा उक्त छुट पाउनेछन् । सो अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट समेत पाइराख्ने कम्पनीले जनाएको छ।