शनिबार, आश्विन १७ गते २०८३

कुमारी बैंकले कुलेश्वर र धुम्बाराहीमा थप्यो शाखा

श्रावण ११, २०८० बिहीबार
कुमारी बैंकले कुलेश्वर र धुम्बाराहीमा थप्यो शाखा

कुमारी बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको कुलेश्वर र धुम्बाराहीमा नयाँ शाखाहरु थप गरेको हो । 

उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले शाखाहरु विस्तार गरेको बैंकले जनाएको छ ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना रहेको जनाएको छ । 

२२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर ३०४ शाखा, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।