शनिबार, आश्विन १७ गते २०८३

कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउन सानिमा बैंक र स्वीस कन्ट्याक्टकबीच सम्झौता

श्रावण १०, २०८० बुधबार
कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउन सानिमा बैंक र स्वीस कन्ट्याक्टकबीच सम्झौता


सानिमा बैंक लिमिटेड र स्वीसकन्ट्याक्टको कृषिबजार विकास कार्यक्रम फेज–२ बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले सहकार्य–पत्रमा हस्ताक्षर भएको छ ।

कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुने जनाइएको छ । यस सहकार्य अनुसार कृषि कर्जाको प्रक्रियालाई प्रविधिकरण गर्ने, कृषि कर्जा सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरुको सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यवसायिक साक्षरता कार्यक्रमहरूको आयोजना गर्ने तथा कृषि उद्यमीहरूको आवश्यकतालाई प्रभावकारी रूपमा पूरा गर्न बैंकका कर्मचारीहरूलाई प्रशिक्षण दिने जस्ता कार्यहरु गरिने भएको छ ।

सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दज्यूले यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने जानकारी दिए ।

सानिमा बैंकको सातै प्रदेशमा गरी १३२ कार्यालयहरु र १२२ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।