शनिबार, आश्विन १७ गते २०८३

निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न आन्तरिक राजस्व कार्यालयहरुलाइ अर्थमन्त्रीको निर्देशन

श्रावण ९, २०८० मंगलबार
निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न आन्तरिक राजस्व कार्यालयहरुलाइ अर्थमन्त्रीको निर्देशन

 
 राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो आग्रह गरेका हुन् । 

नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजस्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा। महतको आग्रह थियो । ‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपाली पनि त्यस्तै हो भन्न पाइँदैन,’ मन्त्री डा. महतले भने, ‘विस्तारै अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।’

मूल्य अभिवृद्धि कर ९भ्याट० विस्तारै हट्दै गएको र त्यसले राजस्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिँदै मन्त्री डा। महतले भने, ‘नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ । ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो । त्यसको रेकर्ड आन्तरिक राजस्व कार्यालय पनि राख्नुपर्छ ।’ 

स्याउ, आलु र प्याजमा पनि कर लागेको र त्यो भन्सारमा मात्र लाग्ने उनले बताए । ‘भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्छ । बाहिरबाट आएको छ भने भन्सार मानै लाग्छ, आन्तरिक उत्पादनमा लाग्दैन ‘ उनले भने ।

नयाँ क्षेत्रमा कर प्रस्ताव गरिएकोले त्यसलाई राम्रोसँग अध्ययन गर्न मन्त्री डा. महतले आग्रह गर्दै भने, ‘हामीले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्छ । पहिले के हुन्थ्यो थाहा छैन, अहिले कामकै आधारमा मात्रै मूल्यांकन हुन्छ ।’