शनिबार, आश्विन १७ गते २०८३

सन्तुलित मौद्रिक नीति: बैंकर्स एसोसिएसन

श्रावण ८, २०८० सोमबार
सन्तुलित मौद्रिक नीति: बैंकर्स एसोसिएसन

 

नेपाल बैंकर्स संघले चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित रहेको जनाएको छ । 

एसोसिएसनद्वार आज आयाेजित एक पत्रकार भेटघाटमा अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको बताएका हुन् ।

बैंक तथा वित्तीय क्षेत्रबाट जाने कर्जा वृद्धिदर भने ११।५ प्रतिशतको लक्ष्य कम भएको उनले बताए । अघिल्लो वर्ष १२ प्रतिशतभन्दा धेरै रहेकाले यसपटक पनि बढी हुनुपर्ने उनको बुझाइ छ । ‘अहिले ५६५ अर्बको ग्रोथ भनिए पनि रेगुरल बेसिसमा जाँदा ७ सय अर्ब हुन जान्छ,’ उनले भने ।

राष्ट्र बैंकले कर्जा उत्पादनमूलक क्षेत्रमा लैजाने भनेको र यसले रियल इकोनोमीलाई बढाउन सहयोग गर्ने केसीले बताए । राष्ट्र बैंकले घर कर्जा, सेयर कर्जा र अटो कर्जामा सहजीकरण गर्दा सानो(सानो कर्जाको प्रवाह बढेर जाने उनको भनाइ छ ।

मनी मार्केटमा उतारचढाव कम हुने र स्थायित्व हुने अध्यक्ष केसीको दाबी छ । विदेशी पैसा ल्याउने बैंकलाई गरिएको सहजीकरण स्वागतयोग्य रहेको उनले बताए ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्ने भन्नु पनि धेरै राम्रो रहेको र यसले क्रेडिट ग्रोथमा काम गर्ने अध्यक्ष केसीको भनाइ छ । त्यस्तै बैंकिङ कसुर ऐन संशोधन गरिए बैंकिङ क्षेत्रमा काम गर्नेको मनोबल बढ्ने उनले बताए ।

विप्रेषण र विदेशी मुद्राको सञ्चितिमा भएको वृद्धिले अर्थतन्त्र सहज बन्दै गएको केसीको भनाइ छ । अध्यक्ष केसीले ब्याजदरको भद्र सहमति तोड्दा बैंकिङ क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा हुने बताए ।