शनिबार, कार्तिक ८ गते २०८३

आईएमएफको मिसन टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६ औँ योजना तर्जुमाको विषयमा छलफल

श्रावण ८, २०८० सोमबार
आईएमएफको मिसन टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६ औँ योजना तर्जुमाको विषयमा छलफल


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष अन्तराष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ । आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो ।  

भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो । १६ औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पव्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट ९पीमा० सझुाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नती, पुँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालिन र दीर्घकालिन चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो । 

छलपछि पछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यबाद दिएका थिए । जुलार्ई २० मा नेपाल आएको आइएमएफको मिन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए ।