मंगलबार, कार्तिक ११ गते २०८३

बिन्धबासिनी सहकारीको कूल सम्पत्ति ४ अर्ब ५७ करोड माथी

श्रावण ८, २०८० सोमबार
बिन्धबासिनी सहकारीको कूल सम्पत्ति ४ अर्ब ५७ करोड माथी

बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार हरेक महिना वित्तीय विवरण प्रकाशित गर्दै आएको छ । संस्थाले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्म ४९ करोड ८४ हजार शेयर पुँजी रहेको छ ।

त्यसैगरी ३५ करोड १३ लाख ५८ हजार साधारण जगेडा कोष,१९ करोड २१ लाख ३८ हजार  विभिन्न कोषहरु र ३५ करोड ७७ लाख ११ हजार कूल संस्थागत पुँजी रहेको छ । संस्थाले गत असार मसान्तसम्म ३ अर्ब २१ करोड १९ लाख बचत संकलन गरी ३ अर्ब ७१ करोड ७४ लाख ऋण लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि. लामा स्याताङ्नले बताए । 

संस्थामा १७. ८३ अर्थात ५७ करोड २७ लाख ९९ हजार तरलता रकम रहेको वित्तीय विवरणमा उल्लेख छ । ५० हजार ५८७ शेयर सदस्य रहेको संस्थाको कूल सम्पत्ति ४ अर्ब ५७ करोड २८ लाख पुगेको छ । संस्थाबाट ११ हजार ७४७ जना सदस्यले ऋण लिएका छन् । समुदाय र सदस्य केन्द्रित वित्तीय  कारोवार गर्दै आएको उक्त संस्था मुलुकभर कै उत्कृष्ट सहाकरीको रुपमा स्थापित भएको छ ।