शनिबार, आश्विन १७ गते २०८३

आज मौद्रिक नीति सार्वजनिक हुने

श्रावण ७, २०८० आइतबार
आज मौद्रिक नीति सार्वजनिक हुने

 

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०।८१ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकले आज मध्यान्ह मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको हो । त्यसअघि मौद्रिक नीतिबारे छलफल गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दैछ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति सञ्चालक समितिको बैठकले पारित गरेपछि गभर्नरले सार्वजनिक गर्ने व्यवस्था छ । मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ ले आर्थिक वर्ष सुरू भएको एक साताभित्र मौद्रिक नीति ल्याउनु पर्ने व्यवस्था रहेको छ । 

साउन ४ गते बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउने बताएका थिए ।