शनिबार, आश्विन १७ गते २०८३

सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघसंस्थामा छुट प्रबन्ध

श्रावण ५, २०८० शुक्रबार
सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघसंस्थामा छुट प्रबन्ध

सिटिजन्स बैंक इन्टरनेसनले विभिन्न संघसंस्थासँग सहकार्य गरी ग्राहकका लागि छुट सुविधा मिलाएको छ । बैंकले धनुषा जिल्लाका विभिन्न संघ संस्थामा सेवा लिने ग्राहकलाइ विशेष छुट हुने प्रबन्ध गरेको हो ।

बैंकका ग्राहकहरुले जनकपुरधाम, धनुषामा अवस्थित होटल राजदरबार एण्ड नवरगं रिसोर्ट, होटल वेलकम, होटल सितासरण, सितासरण होटल एण्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एण्ड क्याफे, होटल प्रफेक्ट प्लाजा, निरोग्य क्लिनीक एण्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एण्ड थाइरोइड केयरका सेवाहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । 

बैंकले हालसम्म १८८ वटा शाखा, १४६ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।