शनिबार, आश्विन १७ गते २०८३

सानिमा बैंकलाई आईएसओ २७००१ प्रमाणपत्र

आषाढ ३१, २०८० आइतबार
सानिमा बैंकलाई आईएसओ २७००१ प्रमाणपत्र

 

सानिमा बैंकले प्रतिष्ठित आईएसओ गुणस्तर २७००१–२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङमा सुरक्षित र गुणस्तरीय आईटी सेवाहरू प्रदान गर्न बैंकको सूचना प्रविधि र सूचना प्रविधिसम्बन्धी सेवाहरूका लागि यो प्रमाणपत्र प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैँ प्राथमिकतामा राखेको बताएको छ । यो प्रमाणीकरणले सूचना सुरक्षा र डाटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा महत्त्वपूर्ण कोसेढुङ्गा थपिएको विज्ञप्तिमा उल्लेख छ ।

‘आईएसओ प्रमाणीकरणले ग्राहकको डाटा अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त मापदण्डअनुसार सुरक्षित रहेको देखाउँछ र यसले बैंकप्रतिको विश्वास बलियो बनाउँछ’, विज्ञप्तिमा भनिएको छ ।

सानिमा बैंकले आफ्ना १३२ शाखा तथा १२२ वटा एटिएम बुथबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।