नयाँ आर्थिक वर्षबाट स्वतन्त्ररुपमा ब्याजदर तोक्न सक्ने गरी बैंकरहरुबीच सहमति बनेसँगै बैंक तथा वित्तीय संस्थाले आआफ्नो ब्याजदर सार्वजनिक गरेका छन् । केहि बैंकले ब्याजदर बढएका छन् भने केहिले घटाएका छन् भने केहिले गत महिना कायम रहेकै ब्याजदर निर्धारण गरेका छन् ।
नेपाल राष्ट्र बैंकले हरेक महिना अघिल्लो महिनाको निक्षेपको ब्याजदरमा १० प्रतिशतले ब्याज बढाउन वा घटाउन सकिने व्यवस्था गरेको छ । गत महिनासम्म सबै बैंकको ब्याजदर एउटै रहँदै आएको थियो ।
नबिल बैंकले बचत तथा मुद्दती दुवैको ब्याज दर बढाएको छ। यसअघि मुद्दती निक्षेपको ब्याज दर ९.९९ रहेकोमा नबिलले मुद्दतीको अधिकतम ब्याज १०.४९ प्रतिशत पुर्याएको हो।
बैंकले अवधि हेरेर ब्याज पनि फरक फरक राखेको छ। मुद्दतीमा उसले कम्तिमा ९.४९ प्रतिशत ब्याज दिने छ। बचतमा बैंकले ५.९० देखि ७.९० प्रतिशतसम्म ब्याज दिने भएको छ।
त्यसैगरी प्राइम कमर्सियल, एनएमबि र कुमारी बैंकले पनि ब्याजदर थप गरेका छन्। प्राइमले बचतको ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याज दिने छ। मुद्दतीमा बैंकले १०.९३ प्रतिशतसम्म ब्याज दिने उसले घोषणा।
एनएमबि बैंकले मुद्दतीमा फरक–फरक अवधिको ब्याज दर तोकेको छ। कम्तिमा ९ देखि अधिकतम १०।९८ प्रतिशतसम्म ब्याज दिने छ। बचतमा बैंकले ५.९८ दिख ७.९८ प्रतिशतसम्म ब्याज दिने छ। सार्वजनिक ब्याजमध्ये एनएमबिले धेरै दिने घोषणा गरेको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआइसी एसियाको ब्याज दर सूचना प्राप्त भएको छैन। बाँकी १८ बैंकमध्ये कुमारी बैंकले अधिकतम १०.०१ प्रतिशत ब्याज दिने छ। न्यूनतम ९.९९ प्रतिशत ब्याज दिने छ। बचतमा ५.४ देखि ७.४ प्रतिशत ब्याज दिने छ।
१० वटा बैंकले घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ, सानिमा, नेपाल बैंक, कृषि विकास बैंकले घटाएका छन्।
राष्ट्रिय वाणिज्य बैंकले ८.९९ प्रतिशतमा मुद्दतीको ब्याज दर झारेको छ। प्रभुले मुद्दतीमा अधिकतम ८.९९ प्रतिशत दिने भएको छ। एसबीआइले ९.१ प्रतिशत, माछापुच्छ्रेले ९, एभरेष्टले ९, स्ट्यान्डर्ड चार्टर्डले ९.९५ प्रतिशत, सिद्धार्थ ९.५ प्रतिशत, सानिमा ९.५२ प्रतिशत, नेपाल बैंक ८.९९ प्रतिशत, कृषि विकास बैंक ९.५१ प्रतिशतमा झारेको छ।
यता हिमालयन, ग्लोबल आइएमइ, लक्ष्मी सनराइज, सिटिजन्स बैंकले भने यस अघिकै ब्याजदर स्थिर राखेका छन्।