शनिबार, आश्विन १७ गते २०८३

मर्जपछि लक्ष्मी सनराइज बैंककाे नामबाट एकीकृत काराेबार शुरू

आषाढ २९, २०८० शुक्रबार
मर्जपछि लक्ष्मी सनराइज बैंककाे नामबाट एकीकृत काराेबार शुरू

 

लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भएर आजदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैंकलाई मर्ज भएर एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते स्वीकृति दिएका थियाे ।

उनीहरूबीच १ः१ अनुपातमा मर्जर भएकाे हाे । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ । सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ भएको छ ।

बैंकको जगेडा कोष १२ अर्ब ८२ करोडको हुनेछ । त्यस्तै निक्षेप २ खर्ब ८१ अर्ब र कर्जा प्रवाह २ खर्ब ५० अर्ब नाघ्नेछ । त्यस्तै बैंकमा कर्मचारीको संख्या २ हजार १७० पुग्नेछ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय काठमाडौंको हात्तीसारमा रहनेछ ।