शनिबार, आश्विन १७ गते २०८३

हट्यो कार्टेलिङ, ब्याजदर घटाउन वा बढाउन बैंकहरु स्वतन्त्र

आषाढ २८, २०८० बिहीबार
हट्यो कार्टेलिङ, ब्याजदर घटाउन वा बढाउन बैंकहरु स्वतन्त्र

बैंकिङ ब्याजदरमा लामो समयदेखि  हुँदै आएको कार्टेलिङको अन्त्य भएको छ । अब बैंकहरुले संस्थागतरूपमा आफैं ब्याजदर निर्धारण गर्न पाउने भएका छन् ।

वाणिज्य बैंकहरुको साझा संस्था नेपाल बैंकर्स एसाेसिएसन(एनबीए)को बिहीबार बसेको बैठकले अब बैंकहरुले स्वतन्त्र रुपले ब्याज निर्धारण गर्न सक्ने निर्णय गरेको हो ।

संघले लामो सयमदेखि गर्दै आएको ब्याजदर कायममा देखिएको कार्टेलिङलाई खारेज गर्दै यस्तो निर्णय गरेको हो ।  बैंकरहरु साउन १ गतेदेखि लागू हुने ब्याज सम्बन्धित संस्था आफैले निर्धारण गर्नेछन् ।

ब्याजदर निर्धारण गर्दा बैंकहरुले नेपाल राष्ट्र बैंकको नीतिनिर्देशन भने पालना गर्नुपर्नेछ। जस अनुसार ब्याजको दर अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशतले थप्न वा घटाउन सकिनेछ ।