एन आई सी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाखको दरले कुल ५० लाख रकम हस्तान्तरण गरेको छ ।
बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत खाता खोलेका विभिन्न शाखाका ग्राहक दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो। उक्त बीमा लाभ प्राप्त गर्नेमा चितवनस्थित बसेनी शाखा, रुपन्देहीस्थित ड्राइभर टोल शाखा, बर्दियास्थित भुरीगाउँ शाखा, सुनसरीस्थित झुम्का शाखा र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतकका परिवारलाइ रकम प्रदान गरिएको हे। निज लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेको बैंकले जनाएको छ ।
बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकलाई ९ करोड ४० लाखभन्दा बढी बीमा दाबी रकम उपलब्ध गराइसकेको बैंकले जनाएको छ। जसमध्ये घातक रोग बीमा वापत २८ जनाले ३ करोड, दुर्घटना बीमा वापत १७ जनाले १ करोड ७० लाख र मेडिकल बीमा वापत ३ हजार ७१ जनाले ४ करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।
बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रूपैयासम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरू’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त ८४ लाख बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म बीमा लाभ प्राप्त हुन्छ ।