नबिल बैंक आजदेखि ३९ औं वर्षमा प्रवेश गरेको छ । ‘भरोसा आर्थिक विकास र राष्ट्र निर्माण’ भन्ने नारासहित आफ्नो वार्षिकोत्सव मनाउने बैंकले जनाएको छ ।
वि.सं. २०४१ सालमा स्थापना भएको बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक मानिन्छ । नेपाल अरब बैंकको रूपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको बहुमत स्वामित्व उद्योगी विनोद चौधरीले खरिद गरेका थिए । गत वर्ष नेपाल बंगलादेश बैंक नबिललेलाई प्रति सेयर ४३ रुपैयाँका दरले गाभेको थियो ।
बैंकले २६४ वटा शाखा कार्यालयमार्फत् २० लाख सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । बैंकको कूल सम्पत्ति ४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । साथै, ३ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब ३९ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको बैंकले जनाएको छ ।