बुधबार, कार्तिक १२ गते २०८३

सदस्यको बचत सुरक्षा गर्न बचत सुरक्षण कोष तत्काल लागू गर्न कार्यदलको सिफारिस

आषाढ २७, २०८० बुधबार
सदस्यको बचत सुरक्षा  गर्न बचत सुरक्षण कोष तत्काल लागू  गर्न कार्यदलको  सिफारिस

 सरकारले गठन गरेको सहकारी समस्या समाधानसम्बन्धी कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा अबको तीन महिनाभित्र तीनै तहका सरकारका सम्बन्धित नियामकहरुले मुलुकभरका सबै सहकारीहरुको स्थलगत अनुगमन र सुपरीक्षण गरिसक्नुपर्ने र त्यसका आधारमा प्रतिवेदन पेस गर्नुपर्ने सिफारिस समितिले गरेको छ । संघ, प्रदेश तथा स्थानीय तहका नियामकलाई सहकारीहरुबाट साना बचतकर्ताले माग गरेको रकम २०८० को चैत मसान्तभित्र फिर्ता गर्ने कार्ययोजना पेस गर्न लगाउने सिफारिस पनि अध्ययन समितिले गरेको छ । 

‘साउन १५ गतेभित्र सबै सहकारीलाई यस्तो योजना पेस गर्न लगाउने र सबैभन्दा पहिला साना बचतकर्ताले चाहेको बखत रकम फिर्ता पाउने वातावरण बनाउनुपर्ने सिफारिस  गरिएको छ । सहकारीमा  रहेको सर्वसाधारणको बचत सुरक्षण गर्न बचत सुरक्षण कोष तत्काल लागू गर्ने सिफारिस पनि समितिले गरेको छ । ऐनको दफा १०१ मा नेपाल सरकार, प्रदेश र स्थानीय तहले सहकारी संस्थाहरुको सहभागितामा बचत र कर्जाको सुरक्षणका लागि बचत तथा कर्जा सुरक्षण कोषको व्यवस्था गर्न सक्नेछ भन्ने व्यवस्था छ ।  कर्जासम्बन्धी मुद्दा हेर्नका लागि तत्कालै कर्जा न्यायाधीकरण गठन गर्ने सिफारिस पनि समितिले गरेको छ । गत २६ वैशाखमा डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।