बुधबार, कार्तिक १२ गते २०८३

गण्डकी प्रदेशले जारी गर्‍यो १७ बुँदे निर्देशन, संस्थाहरुले पर्याप्त तलरता राख्नुपर्ने

आषाढ २६, २०८० मंगलबार
गण्डकी प्रदेशले जारी गर्‍यो १७ बुँदे निर्देशन, संस्थाहरुले पर्याप्त तलरता राख्नुपर्ने

 

गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले सहकारी संघसंस्थाहरुलाई १७ बुँदे निर्देशन जारी गरेको छ । कार्यालयले जारी गरेको निर्देशन अनुसार  आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरी सो को जानकारी कार्यालयमा पेश गर्न, एकै व्यक्ति वा फर्मबाट लगातार २ वर्ष भन्दा बढी नहुने गरी संस्थाको लेखापरीक्षण आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र गर्न र अद्यावधिक गर्न बाँकी संस्थाहरुले तुरुन्त कार्यालयमा विवरण अद्यावधिक गर्न निर्देशन दिइएको छ । 

त्यसैगरी संस्थाहरुले तोकिएको कार्यक्षेत्रभित्र मात्र कारोबार गर्न, सदस्यसँग नियमित भेटघाट गरी संस्थाको वास्तविक अवस्था जानकारी गराउन, सहकारी शिक्षा सूचनामार्फत् सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरी बचत संकलन र ऋण असुली कार्यलाई प्रभावकारी बनाउन, विनियममा उल्लेखित शेयरपुँजी भन्दा बढी शेयर संकलन नगर्न र एउटै सदस्यलाई प्राथमिक पुँजीकोषको १० प्रतशितभन्दा बढी ऋण प्रवाह नगर्न, सहकारी ऐन नियमको परिपालना गर्न, ऐननियमले तोके अनुसारको कोषहरु बाँडफाट गर्न निर्देशनमा भनिएको छ । 

प्रदेश कार्यालयका रजिष्ट्रार रोशन अर्यालद्वारा जारी उक्त निर्देशनमा एकाघर परिवारको मञ्जुरीनामा लिएर बाहेक तेश्रो पक्षको धितो लिएर ऋण प्रवाह नगर्न, सदस्यको तिर्नसक्ने क्षमता र धितोको वास्तविक अवस्थाको मुल्यांकन गरेर ऋण प्रवाह गर्न, आर्थिक मन्दीका कारण ऋणी सदस्यमा परेको प्रभाव मुल्यांकन गरी सदस्यको मागको आधारमा ३ महिनाका लागि ऋणको पुनर्तालिकीकरण गर्न, साउन १५ सम्म प्राप्त भएको ब्याजलाई यसै आर्थिक वर्षको  आयको रुपमा गणना गर्न, सहकारी संस्थाहरुले निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम कायम गर्न र लोन लस प्रोभिजन गरेर मात्रै लाभांश वितरण गर्न, ऋणको ब्याजदर १६ प्रतिशतभन्दा बढी कायम नगर्न, संस्थामा १५ देखि २० प्रतिशतसम्म तरलता कायम गर्न, ऋणको ब्याजलाई साँवामा पुँजीकृत नगर्न र संस्थाहरुलाई कोपोमिस प्रणालीमा आवद्ध हुन भनिएको छ ।  

359500797_4311364985754385_963639584348173181_n.jpg