शनिबार, आश्विन १७ गते २०८३

सावाँ र ब्याज समयमै तिर्न ऋणीलाई राष्ट्र बैंकको सुझाव


आषाढ २४, २०८० आइतबार
सावाँ र ब्याज समयमै तिर्न ऋणीलाई राष्ट्र बैंकको सुझाव

नेपाल राष्ट्र बैङ्कले तोकिएको समयमा कर्जा र ब्याज भुक्तानी गर्न सरोकारवालालाई आग्रह गरेको छ । 

पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाबाट लिइएको ऋण तिर्न पर्दैन भनेर अफवाह फैलाइएको र ऋण तिर्न नखोज्ने प्रवृत्ति बढ्दै गएपछि केन्द्रीय बैङ्कले कर्जा र ब्याज भुक्तानी गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको हो । 

हाल बैङ्क तथा वित्तीय संस्थाले गरेको कतिपय कर्जा लगानीकाे साँवा ब्याज नै उठ्न छाडेपछि समस्या आइरहेको बैङ्करहरूले बताएका छन् । बैङ्कको खराब कर्जाको दर ३.५ प्रतिशत भन्दामाथि पुगिसकेका कारण पनि खराब कर्जा असुल गर्न राष्ट्र बैङ्कले सूचनामार्फत सरोकारवालालाई आग्रह गरेको हो । 

समयमा नै कर्जाको साँवा र ब्याज भुक्तानी नगरेमा कालोसूचीमा पर्ने, कारबाहीमा पर्ने, जरिवाना तिर्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ । समयमै ब्याज नतिर्दा कालोसूचीमा पर्ने र धितोसमेत लिलाम हुन सक्ने राष्ट्र बैङ्कले छ । राष्ट्र बैङ्कले समयमा नै कर्जा नतिरेको खण्डमा कालोसूचीमा पर्ने, बैङ्कले ऋण नदिन र खातासमेत खोल्न नपाउने जनाएको छ ।