शनिबार, आश्विन १७ गते २०८३

नबिल बैंकको नयाँ शाखा पुतलीसडकमा, शैक्षिक हबको रुपमा सञ्चालन हुने

आषाढ २४, २०८० आइतबार
नबिल बैंकको नयाँ शाखा पुतलीसडकमा, शैक्षिक हबको रुपमा सञ्चालन हुने

नबिल बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखा शुरु गरेको छ । बैंकको २५६औँ उक्त शाखालाई शैक्षिक हबका रूपमा सञ्चालन गरिने बैंकले जनाएको छ । 

बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा उक्त शाखाको उदघाटन गरे । निर्देशक पौड्यालले परामर्श हबका रुपमा परिचित पुतलीसडकमा नबिलको उक्त शाखाले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रहरुलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताए । 

शैक्षिक कर्जा लगायत चाहिने अरु सम्पुर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा उद्घाटन गरिएको भनाइ सीईओ ढुंगानाको थियो ।विद्यार्थीहरूका लागि शैक्षिक गतिविधि र उनीहरूको गन्तव्य देशको यात्राको लागि बैंकिङ पहुँच दिने र दायरा विस्तार गर्ने अन्य परिष्कृत सेवाहरू प्रदान गर्ने विषयमा बैंक प्रतिबद्ध रहेको उनले जनाए । 

उक्त शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदाताहरुलाई सरल बैकिङ सेवा प्रदान गर्न सधैं तत्पर रहने उल्लेख गरे ।