ग्लोबल आइएमई बैंकले ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्ने जनाएको हो । यो कर्जा १२.०८ प्रतिशतको स्थिर ब्याजदरमा पाइने बैंकले जनाएको छ ।
२१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आइएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरुले यस योजनाअन्तर्गत आइएमई पे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन् ।
बैंकले नेपाल, भारत र भुटान बाहेक मलेशिया, साउदीअरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तब्यहरुमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा उपलब्ध हुने कर्जाको अवधि १८ महिनाको रहेको छ।
बैंकले युके एड, सीप दक्षता कार्यक्रम, आइएमईपे र आध्यान्त फण्ड म्यानेजमेन्ट लि। सँगको सहकार्यमा उक्त कर्जा कार्यक्रम ल्याएको हो ।
बैंकले ३५७ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाइ सेवा प्रदान गरिरहेको छ ।