शनिबार, आश्विन १७ गते २०८३

दश अर्ब रूपैयाँको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक

आषाढ २०, २०८० बुधबार
दश अर्ब रूपैयाँको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र २०८६ ‘च’ का विक्रीका लागि बोलपत्र आव्ह्वान गरेको छ । दश अर्ब रकमको उक्त ऋणपत्रमा असार २१ गते बिहीबार अपरान्ह ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सकिने छ । इच्छुक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिदका लागि बोलकबोलमा भाग लिन सक्ने राष्ट्र बैंकले जनाएको छ । 

ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज पाइनेछ भने आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । निष्काशित रकमको ८५ प्रतिशत प्रतिस्पर्धात्मक र १५ प्रतिशत अप्रतिस्पर्धी रुपमा बोली लगाउन सकिनेछ ।

आवेदकले घटीमा ५० हजार रूपैया र बढिमा कुल निष्काशित रकमको सीमामा नबढाइ पचास हजारले नि:शेष भाग जाने अंकमा ऋणपत्र खरिद गर्न पाउनेछन् ।