शनिबार, कार्तिक ८ गते २०८३

एनआईबिएलले मेगा क्यापिटललाई प्राप्ति,आजबाट एकिकृत कारोवार सुरु

आषाढ १८, २०८० सोमबार
एनआईबिएलले मेगा क्यापिटललाई प्राप्ति,आजबाट एकिकृत कारोवार सुरु


एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्वन्धमा दुवै संस्थाहरुले  विशेष साधारण सभा गरेका छन् ।साधारणसभाले  एनआईबिएल एस क्यापिटल लिमिटेडमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति ( एक्विजिसन) गर्ने निर्णय गरेकोर गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व समेत  एनआईबिएलले सकार्ने निर्णय समेत गरेको छ ।

प्राप्ति पश्चात कम्पनीको चुक्ता पूंजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरु र ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ । यस प्राप्ति (एक्विजिसन)पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेण्ट बैंकिंग व्यवसायमा गुणात्मक असर पर्नुको साथैप्रदान भईरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हँुदैधितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास समेत क्यापीटलले जनाएको छ ।

प्राप्ति  पश्चात साविकको एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट ३/ ११ मा स्वीकृति प्राप्त भईसकेको छ । साविकका दुवै संस्थाहरुको बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात परिवर्तित नाम “एनआइएमबि एस क्यापिटल लिमिटेड” बाट आज सोमबार देखि एकिकृत व्यवसाय / कारोबार सञ्चालन  गरेको छ ।