बुधबार, कार्तिक १२ गते २०८३

देवदर्शन सहकारीद्धारा स्थापना दिवसमा वृहत रक्तदानको आयोजना 

आषाढ १७, २०८० आइतबार
देवदर्शन सहकारीद्धारा स्थापना दिवसमा वृहत रक्तदानको आयोजना 


देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले वृहत रक्तदान आयोजना गरेको छ । संस्थाले १५ औं स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका थिए । ‘रक्तदान दान,जीवन दान’ भन्ने उदेश्यका साथ आयोजित रक्तदान कार्यक्रममा सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम छैटौं पटक भएको अध्यक्ष राम नारायण घिमिरेले बताए । संस्थाले आफनै कार्यालय भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । सहकारी मुल्य मान्यता र सिद्धान्तमा रहेर वित्तीय कारोवार गर्दै आएको उक्त संस्थाले सदस्य र समुदायको उन्नतीको लागि काम गर्दै आएको छ ।

संस्थाप्रति विश्वास गरेर कारोवार गर्ने सदस्य र शुभचिन्तकहरुलाई सो अवसरमा संस्थाले आभार प्रकट गरेको छ  भने आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको अपेक्षा  गरेको छ । 

357387653_587441246898403_2630583079080765784_n.jpg