बुधबार, कार्तिक १२ गते २०८३

जिल्ला सहकारी संघ काभ्रे उत्कृट सहकारी व्यवसाय पुरस्कारबाट पुरस्कृत  

आषाढ १७, २०८० आइतबार
जिल्ला सहकारी संघ काभ्रे उत्कृट सहकारी व्यवसाय  पुरस्कारबाट पुरस्कृत  


 जिल्ला सहकारी संघ. काभ्रे उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ बाट पुरस्कृत भएको छ । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको १०१ औं अन्तराष्ट्रिय राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित एक  कार्यक्रममा  ७७ जिल्लामध्यकोे उत्कृष्ट जिल्ला सहकारी संघको रुपमा उक्त संघ  पुरस्कृत भएको हो । संघीय संसदका सभामुख देवराज घिमिरेले  संघका अध्यक्ष दिलिप शर्मालाई  उक्त पुरस्कार तथा सम्मान प्रदान  गरेका हुन । संघले केहि बर्षदेखि निकै उत्साहपूर्ण रुपमा जिल्लामा सहकारी विकास, विस्तार तथा प्रवद्र्धनका हिसावले उत्कृष्ट कार्य गर्दै आइरहेको छ ।

१ हजार ४९५ वटा सहकारी संस्थाहरु रहेको यस जिल्लामा सहकारीको क्षेत्रमा संस्थाहरुको वृद्धि विकास सहित क्षमता अभिवृद्धि, सचेतनामूलक कार्य गर्दै आवश्यकताका आधारमा सहकारी संस्थाहरुका लागि व्यवसाय प्रवद्र्धन र उत्पादनमूलक कार्यका लागि ऋण लगानीका कार्यहरु समेत गर्दै आइरहेको संघका अध्यक्ष दिलिप शर्माले जानकारी दिए । पुरस्कार पाउँदा निकै हर्षित भएको  बताउदै उनले  सबै जिल्लावासीहरुको खुसीको बिषय भएको र यही उचाईंलाई सदा कायम गर्दै  जाने बताए ।

 सुशासन, पारदर्शी र जवाफदेही हिसावले संघ÷संस्थाको वृति विकासमा निरन्तर लागि पर्ने उनको भनाई  छ । पुरस्कारसँगै चूनौतीहरु पनि थपिएको महसुश  भएको  उनले बताए ।  आगामी दिनहरुमा पनि अझै सशक्त रुपमा नयाँ नयाँ खालका योजनाहरु बनाई संस्थाहरुको आर्थिक अवस्था सुधार तथा हाल देखिएको समस्या समाधान गर्नका लागि अनेकौं समस्याहरु समाधान गर्ने बाटोमा आफू लाग्ने प्रतिबद्धता उनको छ ।  पुरस्कार सम्पूर्ण काभ्रे जिल्ला सहकारी अभियानसँगै सामाजिक संंघ÷संस्थाहरुको सहयोग, सद्भाव, आशा र भरोसा अनि विश्वासका कारण प्राप्त भएकोले  उनले बताए । 

  पुरस्कारका लागि सहि मूल्यांकन गरेर यो अवस्थामा विस्वास गरेकोमा  राष्ट्रिय सहकारी महासंघ परिवारप्रति संघले  आभार प्रकट गरेको छ  । जिल्ला संघ काभ्रेले आफ्नै सुविधा सम्पन्न ५ तल्ले भवन निर्माण गरी कार्यालय समेत नयाँ भवनमा सुरु गरेको छ भने समयानुकूल नयाँ नयाँ विभिन्न खालका राष्ट्रियस्तरका कार्यक्रमहरु गर्दै आइरहेको छ ।