बुधबार, कार्तिक १२ गते २०८३

वित्तीय  संस्थामा लेखा प्रणाली चुस्त राख्नु पर्ने

आषाढ १७, २०८० आइतबार
वित्तीय  संस्थामा लेखा प्रणाली चुस्त राख्नु पर्ने

 
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले  संस्थागत विकास उपसमितिको आयोजनामा दुई दिवसिय आधारभुत सहकारी लेखा तालिम सम्पन्न भएको छ । संघका उपाध्यक्ष हरि बल्लले सहभागीलाई प्रमाण पत्र वितरण गर्दै वित्तीय संस्थामा लेखा प्रणाली चुस्त दुरुस्त राख्नुपर्ने आवश्यकता औल्याए । सहकारीमा व्यवहारिक कुरालाई मात्र जोड दिदाँ लेखा प्रणाली कमजोर भई भविष्यमा समस्या देखिने उनले बताए ।

उनले सिकेको कुराहरु संस्थाको विकासका लागि प्रयोग गर्न र अरुलाई पनि सिकाउँदै जानु पर्ने बताए । यदि आफुले सिकेको भन्दा फरक र गलत अभ्यास संस्थामा भइरहेको छ भन्ने तुरुन्त सच्याउन तत्पर हुनुको साथै सहि कुराको सिकाई हस्तान्तरण गर्नुपर्ने उनको भनाई थियो । संघका सचिव एंव संस्थागत विकास उपसमितिका संयोजक जगनाथ प्रजापतिले हालको आधुनिक युगमा सफ्वेयर प्रणालीको मात्र प्रयोग हुदाँ सहकारीमा लेखा अभिलेखको प्रणाली नै थाहा नहुने जोखिम रहेको बताए । उनले म्यानुल लेखा प्रणाली नबुझ्दा सफ्वेयरले दिएको रिपोट सहि छ कि गलत छ, छुट्याउन कठिन हुने बताए । तालिममा सहभागीहरुले संस्थामा आफुलाई दिएको जिम्मेबारी इमान्दारीताका साथ निभाउनुको साथै संस्था वित्तीय प्रतिवेदन बनाउन सहयोगी भुमिका निभाउनुपर्ने उनको सुझाव थियो ।

तालिमका प्रशिक्षक तथा संघका व्यवस्थापक बालकृष्ण धोजुले लेखा सम्बन्धी औपचारिक शिक्षा र सहकारीमा प्रयोग हुने लेखा सैद्धान्तिक रुपमा एउटै भए पनि व्यवहारिक प्रयोगमा फरकता रहेको बताए । सहकारीको व्यवहारिक लेखा प्रणालीलाई बुझ्दा लेखा प्रणाली अझ सहज र सरल रहेको उनले बताए । सहकारीका कर्मचारीहरुले सहकारीको समग्र लेखा प्रणालीबारे ज्ञान हासिल गरी संस्थाको जोखिम विष्लेषण गरी जोखिम न्युनिकरणका लागि अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

उपसमितिका सदस्य विकुलाल सुवालले तालिमबाट सिकेका कुराहरु संस्थामा प्रयोगका लागि जोड दिए । सहभागिहरुले तालिम व्यवहारिक रहेकोले लेखाको नियम बाहेक ह्रास कट्टी, कर लगायतका कुरा प्रयोगात्मक विधिबाट सिक्न पाएँकोमा खुशी व्यक्त गरे । तालिममा आबद्ध सदस्य संस्थाहरुमध्येबाट १७ जनाको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको समापन समारोहको संचालन संघका कर्मचारी राजन कासिछ्वाले गरेका थिए ।