बुधबार, कार्तिक १२ गते २०८३

सहकारी पत्रकारिता पुरस्कार २०७९ बाट दाहाल पुरस्कृत

आषाढ १६, २०८० शनिबार
सहकारी पत्रकारिता पुरस्कार २०७९ बाट दाहाल पुरस्कृत

 सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाल सहकारी पत्रकारिता पुरस्कार(२०७९) बाट पुरस्कृत भएका छन् । सहकारी पत्रकारिताको माध्यमबाट सहकारी अभियानको विकास र प्रवद्धनमा योगदान पुर्याएको भन्दै  राष्ट्रिय सहकारी महासंघले दाहाललाई  पुरस्कृत गरेको हो ।

१०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा  महासंघले  आयोजना गरेको कार्यक्रममा  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दाहाललाई  नगद २५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरेका थिए । दाहाल  नेपाल सहकारी पत्रकार समाज (सीजेएन} का निवर्तमान अध्यक्ष समेत हुन् । विगत  डेढ दशकदेखि सहकारीलाई मात्र विट बनाएर उनले  पत्रकारिता गर्दै आएका छन् । सहकारी पत्रकारिताको क्षेत्रमा दाहाल अब्बल पत्रकारको रुपमा स्थापित भइसकेका छन् ।

यस अघि पनि सहकारी क्षेत्रको विकासमा योगदान गरेको भन्दै राष्ट्रिय सहकारी  बैंक लगायत अन्य संघ संस्थाबाट दाहाल  पुरस्कृत भईसकेका छन् ।