बुधबार, भाद्र ३ गते २०८३

यी क्षेत्रमा पाइन्छ आधार ब्याजदरमा २ प्रतिशत मात्र थपेर बैंकिङ कर्जा


आषाढ १४, २०८० बिहीबार
यी क्षेत्रमा पाइन्छ आधार ब्याजदरमा २ प्रतिशत मात्र थपेर बैंकिङ कर्जा

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सन्देश प्रवाहित गर्दै बैंक तथा वित्तीय संस्थाले तोकिएका क्षेत्रमा आधार दरमा २ प्रतिशतमात्र थप ब्याज लिइ कर्जा दिनुपर्ने जनाएको छ । 

केन्द्रीय बैंकले २०७९ साउन १८ गते जारी गरेको निर्देशन अनुसार खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय ९आयातसम्बन्धी व्यवसायबाहेक० सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने व्यवस्था गरेको छ । 

यस्ता उद्योगहरूले निर्धारित रकमसीमा भित्रको कर्जा लिन जाँदा उपयुक्त व्यवस्था बमोजिम कर्जा माग गर्नुपर्ने र यदि बैंक वा वित्तीय संस्थाले बढी प्रिमियम लिएमा सम्बन्धित बैंकको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न सक्छन् । 

सम्बन्धित वित्तीय संस्थाले गुनासोको उचित सम्बोधन नगरेमा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । 

nrb infos.jpg