मंगलबार, कार्तिक ११ गते २०८३

पर्यावरणीय संरक्षणको लागि जनसचेतन सहकारीद्धारा वृक्षारोपण

आषाढ १४, २०८० बिहीबार
पर्यावरणीय संरक्षणको लागि जनसचेतन सहकारीद्धारा वृक्षारोपण

दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण गरेको छ । ‘स्वच्छ वायु, स्वस्थ जीवन,पर्यावरणीय संरक्षणमा जनसचेतनको योगदान’ भन्ने नारालाई सार्थकता दिने उदेश्यले मैनापोखरी बजारमा वृक्षारोपण गरेको संस्थाले जनाएको छ।

डिभिजन वन कार्यालय, दोलखा उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय मैनापोखरी, संस्थाका सञ्चालक,कर्मचारी,  शिक्षक, व्यापारी लगायतको सयुंक्त सहभागितामा वृक्षरोपण गरिएको हो। वन कार्यालयले १५० वटाका दरले  कपुर, कल्की र धुपीको  विरुवा उपलब्ध गराएको थियो भने जकाराण्डाको ५० गरी ५०० सय विरुवा रोपेको संस्थाले जनाएको छ।