वीरेन्द्रनगर–६ सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाको समग्र वित्तीय सुचाङ्कहरु बलियो रहेका छन् । संस्थाको शेयर पुँजी, जगेडा कोष, बचत संकलन लगायत तरलता प्रतिशत राम्रो रहेको पाइएको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको जेठ मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्था हरेक हिसावले सबल र सुरक्षित रहेको छ ।
गत जेठसम्म संस्थाको शेयर पुँजी १४ करोड ४३ लाख १५ हजार, जगेडा कोष ४ करोड २८ लाख ४३ हजार र अन्य कोष १ करोड ३२ लाख ८५ हजार रहेको छ । त्यसैगरी संस्थाले ऋण नोक्सानी कोषमा पनि २ करोड ९० लाख ५४ हजार रकम विनियोजन गरेको छ । संस्थाले ६६ करोड २० लाख ८८ हजार बचत संकलन गरी ९४ करोड ३६ लाख ६७ हजार ऋण लगानी गरेको छ ।
संस्थाले २२ करोड ९२ लाख ६६ हजार बाह्य अण लिएको छ । गत महिनासम्म संस्थामा २०.९७ अर्थात १३ करोड ८८ लाख ४३ हजार तरलता रकम रहेको छ । संस्थामा २२ हजार २०६ जना सदस्य आवद्ध रहेका छन् भने ४ हजार २४९ जना बाल बचतकर्ता रहेका छन् । संस्थाबाट २ हजार ९९८ जनाले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापाले बताए ।