शनिबार, आश्विन १७ गते २०८३

 चेक बाउन्स बारे साक्षरता फैलाउन सिटिजन्स बैंकको भिडियो सार्वजनिक

आषाढ १४, २०८० बिहीबार
 चेक बाउन्स बारे  साक्षरता फैलाउन सिटिजन्स बैंकको भिडियो सार्वजनिक


सिटिजन्स बैंक लिमिडेटले डिजिटल साक्षरतालाई बढाउनका लागि भिडियो सामग्री सार्वजनिक गरेको छ । चेक बाउन्सको विषयमा साक्षरता फैलाउनले उद्देश्य सहित यो भिडियो सामग्री सार्वजनिक गरेको छ । उक्त भिडियोमा चेक बाउन्स कस्तो अवस्थामा हुन्छ, बाउन्स भएमा के कस्ता सजाय हुन सक्छन् जस्ता विषयहरु समेटिएका छन् ।

बैंकले सार्वजनिक गरेको भिडियोमा एक परिवार अर्को परिवारसँग विवाहको प्रस्ताव पुगेदेखि सुरुवात हुन्छ । तर, केटी पक्षकी अभिभावक प्रहरी हुन्छिन्, जसको भेट पहिले नै केटाका बुबासँग भएको हुन्छ ।  उनले आफूले ऋण लिएको व्यक्तिलाई समयमा नै पैसा नदिएर खातामा रकम नै नभएको बैंकको चेक दिएका हुन्छन् । तत्तपश्चात बैंकमा रकम नै नभएको खाताको चेक दिँदा के हुन्छ, बाउन्स भएपछि के कस्ता सजाय हुन्छन् भन्ने जस्ता विषयलाई यो भिडियो सामग्रीमा समेटिएको छ । प्रहरीले सम्झाएपछि भने ऋण लिने व्यक्तिले पैसा समयमा नै तिरेको देखाइएको छ ।

भिडियो सामग्रीमा पैसा नभएको खाताबाट चेक काटेर दिँदा खाता ब्लक हुने र ब्ल्याक लिस्टमा पर्ने भन्ने सोच धेरैमा हुने कुरालाई पनि प्रस्तुत गरिएको छ । उक्त भिडियोमा पात्रले पनि सोही किसिमले सोच्ने गरेको हुन्छन् । तर, त्यत्ति मात्र नभएर कसैले दिएको चेक साटिएन र तीन तीन दिनको फरकमा तीन पटक चेक बाउन्स भएमा चेक अनादरको मुद्दा लाग्ने विषयलाई भिडियोमा समेटिएको छ ।