बुधबार, कार्तिक १२ गते २०८३

देउराली बहुउद्देश्यीयको फाइल अनुसन्धानका लागि पुग्यो सीआईबीमा

आषाढ १३, २०८० बुधबार
देउराली बहुउद्देश्यीयको फाइल अनुसन्धानका लागि पुग्यो सीआईबीमा

 

विगत एक वर्षदेखि सदस्यको बचत फिर्ता गर्न नसकेको देउराली बहुउद्देश्यीय सहकारीको फाइल अन्ततः केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेको छ ।

सदस्यको बचत फिर्ता दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन देखाउँदै आएको देउराली सहकारीबारे अनुसन्धान गर्न सहकारी विभागले लेखि पठाएको हो  ।

बचतकर्तालाई अधिक ब्याजको  प्रलोभन दिएर पैसा संकलन गरेको सहकारीले गत वर्ष असार १ गते सूचना टाँसेर कारोबार बन्द गरेको थियो । सहकारीले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिए । त्यसपछि सहकारीलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ ।

सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंले बचतकर्ताको रकम दुई भागमा विभाजन गरेर दिने प्रतिबद्धता जनाएपछि लगानीकर्ताले केही समय धैर्य गरेका थिए । संस्थाले पटकपटक सदस्यलाइ झुक्याउने र बचत फिर्ता नगर्ने प्रवृत्ति देखिएपछि सीआईबीमा अनुसन्धानका लागि पठाइएको छ।