बुधबार, कार्तिक १२ गते २०८३

तीस दिनभित्र विवरण पेश गर्न सहकारी संस्थालाइ काठमाडौं महानगरपालिकाको आव्हान

आषाढ १३, २०८० बुधबार
तीस दिनभित्र विवरण पेश गर्न सहकारी संस्थालाइ काठमाडौं महानगरपालिकाको आव्हान


काठमाडौं महानगरपालिकाले आफनो कार्यक्षेत्र भित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।  महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै  कतिपय सहकारी संस्थाले लामो समयसम्म साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण  नबुझाएको भन्दै उक्त समय भित्र विवरण बुझाउन भनेको छ । चालु अर्थिक बर्ष २०७९।८० सकिनै लाग्दा समेत महानगर क्षेत्रका केही सहकारीले  साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ । 

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने  बताएको छ  । ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ । दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवसथा छ । मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् ।

नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउन, सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिन र बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्न उनले आग्रह गरेका छन् । त्यसैगरी  सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिन, कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्न र  सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्न सदस्यलाइ उनको आग्रह छ ।