शनिबार, आश्विन १७ गते २०८३

बुढीगण्डकी जलविद्युत् आयोजना असारबाट शुरू हुन्छः प्रधानमन्त्री

आषाढ ११, २०८० सोमबार
बुढीगण्डकी जलविद्युत् आयोजना असारबाट शुरू हुन्छः प्रधानमन्त्री

 

बुढीगण्डकी जलविद्युत् आयोजना असारबाट शुरू हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसै महिनाभित्र आयोजनाको शिलान्यास गर्ने तयारी भइरहेको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए। आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक साताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु।’

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकीको निर्माण महत्वपूर्ण रहेको उल्लेख गरेका हुन्।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता