शनिबार, आश्विन १७ गते २०८३

आज बजारबाट २० अर्ब रुपैयाँ प्रशाेचन गर्दै राष्ट्र बैंक

आषाढ १०, २०८० आइतबार
आज बजारबाट २० अर्ब रुपैयाँ प्रशाेचन गर्दै राष्ट्र बैंक

 

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापन गरन नेपाल राष्ट्र बैंकले फेरि आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै छ।

राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी बजारबाट अधिक तरलता प्रशोचन गर्न लागेको हो। रिपोको म्याचुरिटी पिरियड असार १७ गतेलाई तोकिएको छ।

रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।

रिपोमा सहभागी हुन संस्थाहरूले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ।

निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो। यसअघि बिहीबारमात्रै राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।