शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो ४६५ कर्मचारी, कुन पदमा कति ?

आषाढ ८, २०८० शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकले  एकैपटक माग्यो ४६५ कर्मचारी,  कुन पदमा कति ?

 

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । विभिन्न पदमा गरेर देशैभरका लागि बैंकले ४६५ जना कर्मचारी माग गरेको हो ।

आज प्रकाशित खुला प्रतियोगिताका लागि अनलाइन फारम भर्ने सूचनाका अनुसार योग्यता पुगेका इच्छुक आवेदकहरूले असार १० गतेबाट अनलाइन आवेदन दिन सक्नेछन् । 

बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक, चौथो तह, देखि वरिष्ठ प्रबन्धक, नवौँ तह,सम्म कर्मचारी भर्नाका लागि दरखास्त खुलाएको हो।

कुल ४६५ पदमा दरखास्त माग भएकोमा खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागिएको छ।

ती मध्ये सहायक स्तरमा मात्रै २५६ जना कर्मचारी मागिएको छ, जसकाका लागि १२ कक्षा उत्तीर्ण भएको हुनुपर्छ ।  दरखास्त पेस गर्ने अन्तिम मिति असार ३० गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्म दरखास्त दिन सकिनेछ । 

तह ४ र ५ का लागि आवेदन शुल्क ५०० र थप प्रत्येक समावेशी समुहमा आवदेन दिँदा १०० का दरले थप दस्तुर लाग्ने जनाइएको छ । त्यसभन्दा माथिल्लो तहका लागि ७०० शुल्क तोकिएको छ भने हरेक समावेशी समुहका लागि २०० थप शुल्क लाग्ने सूचनामा उल्लेख छ । 

थप जानकारी तथा फारम भर्नकाे लागि यहाँ क्लिक गर्नुस्