शनिबार, कार्तिक ८ गते २०८३

हिमालयन बैंकका ग्राहकलाइ आरोगिन हेल्थकेयरमा विवध छुट

आषाढ ७, २०८० बिहीबार
हिमालयन बैंकका ग्राहकलाइ आरोगिन हेल्थकेयरमा विवध छुट

 

हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टर बीच बैंकका ग्राहकहरुलाई उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुबिधाहरुमा ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । 

काठमाडौँको विशालनगर स्थित सो हेल्थ केयर सेन्टर र बैंक बीच भएको सम्झौता अनुसार उक्त संस्थामा हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकहरुले आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत सम्मको छुट, छालाको हेरचाहमा ३० प्रतिशत सम्मको छुट, ल्याब सेवाहरुमा २५ प्रतिशत सम्मको छुट, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत सम्मको छुट, दिवा वा २४/७ नर्सिङ्ग केयर सेवामा १५ प्रतिशत सम्मको छुट र फिजियोथेरापीमा ५ प्रतिशतको छुट पाउनेछन्।