मंगलबार, कार्तिक ११ गते २०८३

एकीकृत फ्रेण्डसीप साकोसमा १९.७५ प्रतिशत तरलता

आषाढ ६, २०८० बुधबार
एकीकृत फ्रेण्डसीप साकोसमा १९.७५ प्रतिशत तरलता

 

एकीकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्थाले जेठ महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार १९.७५ प्रतिशत तरलता रहेको छ । बैशाख मसान्तमा संस्थामा १९.६५ प्रतिशत तरलता रहेको थियो । गत महिनाको तुलनामा तरलतामा सामान्य वृद्धि देखिएको छ। 

संस्थाको शेयरपुँजी १० करोड ६१ लाख ८७ हजार, जगेडा कोष ६ करोड १२ लाख १४ हजार, अन्य कोषहरू १ करोड ८१ लाख ६१ हजार रहेको छ । 

त्यसैगरी संस्थाले १ अर्ब १ करोड ३५ लाख बचत संकलन गरी ८७ करोड ६२ लाख ८७ हजार ऋण लगानी गरेको छ । संस्थाले २० करोड एक लाख ९० हजार तरलता रकम कायम गरेको संस्थाको कुल सम्पत्ति १ अर्ब २३ करोड ५४ लाख पुगेको छ । संस्था १४ हजार ८२७ सदस्य र ४ हजार ८८७ बाल बचतकर्ता रहेको छन् । संस्थाबाट २ हजार ३२१ जनाले ऋण सुविधा उपयोग गरेका छन् ।