शनिबार, आश्विन १७ गते २०८३

पोखरा रोयलको वित्तीय विवरण प्रकाशित, संस्थामा २५ प्रतिशत तरलता


आषाढ ५, २०८० मंगलबार
पोखरा रोयलको वित्तीय विवरण प्रकाशित, संस्थामा २५ प्रतिशत तरलता

 

पोखरा रोयल बचत तथा ऋण सहकारीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार संस्थामा २५।३९ प्रतिशत तरलता कायम रहेको छ । संस्थामा ४१ करोड १८ लाख ८४ हजार रकम तरलता रहेको जनाइएको छ । 

शेयरपुँजी २० करोड ९६ लाख ३९ हजार रहेको संस्थाको जगेडा कोषमा १५ करोड ७३ लाख २५ हजार रकम रहेको छ । त्यसैगरी बचत संकलन १ अर्ब ६२ करोड १९ लाख र लगानीमा रहेको ऋण रकम १ अर्ब ७६ करोड १२ लाख पुगेको छ । 

प्रकाशित विवरण अनुसार ८८६१ जना शेयर सदस्य रहेको संस्थामा १४९४ जनाले ऋण सुविधा लिएका छन् । संस्थाको कुल सम्पत्ति २ अर्ब २५ करोड १२ लाख १७ हजार रहेको छ । 

pokhara royal.jpg