बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाको तरलता १७.९५ प्रतिशत रहेको छ । संस्थाले २०८० जेठ मसान्तमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थामा ५६ करोड रूपैया तरलता रकम रहेको छ ।
त्यस अवधिमा संस्थाको शेयरपुँजी ४८ करोड २७ लाख, साधारण जगेडा कोष ३० करोड ९२ लाख, अन्य कोषहरूमा १६ करोड ३१ लाख, कुल संस्थागत पुँजी ३१ करोड ५८ लाख रहेको छ ।
त्यसैगरी जेठ मसान्तसम्म संस्थाले ३ अर्ब ११ करोड ९३ लाख बचत संकलन गरी ३ अर्ब ६५ करोड, ७६ लाख ऋण लगानी गरेको छ ।
संस्थामा ४९ हजार ९४६ कुल सदस्य रहेकोमा ११ हजार ८०९ सदस्यले ऋण सुविधा उपभोग गरेका छन् ।

नेपालपत्र संवाददाता