बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको तरलता २७.५६ प्रतिशत पुगेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको जेष्ठ मसान्त तरलता वृद्धि भएर २७ प्रतिशत माथि पुगेको हो । २०८० बैशाख मसान्तमा संस्थामा २६.३१ प्रतिशत तरलता कायम रहेको थियो ।
संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठका अनुसार संस्थामा ४३ करोड १० लाख रूपैया तरलता रकम कायम रहेको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब ९० करोड पुगेको छ । त्यसैगरी बचत संकलन १ अर्ब ५६ करोड ३६ लाख, ऋण लगानी १ अर्ब ३२ करोड ७४ लाख पुगेको छ । संस्थाको पुँजी १३ करोड ५४ लाख १४ हजार पुगेको छ भने जगेडा कोषमा ४ करोड ८२ लाख ७८ हजार रकम रहेको छ ।
संस्थामा ५ हजार ५२१ सदस्य रहेकोमा ६३८ जनाले ऋण लिएको संस्थाले जनाएको छ ।