चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गरेको छ । बनेपामा मुख्य कार्यालय रहेको संस्थाले नालामा सेवा केन्द्र विस्तार गरेको हो । स्थानिय सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यका साथ संस्थाले सेवा केन्द्र विस्तार गरेको जनाएको छ ।
काभ्रे जिल्ला सहकारी संघका अध्यक्ष एंव कार्यक्रममा प्रमुख अतिथि दिलिप शर्माले एक औपचारिक कार्यक्रमको बीच सेवा केन्द्रको शुरुवात गरेका हुन् ।

संस्थाले ३४ औँ स्थापना दिवसको अवसर पारेर हिजो असार २ गते नाला सेवा केन्द्रको उदघाट्न गरेको हो । संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपस्थित सम्पुर्णलाई संस्थाका उपाध्यक्ष रमेशकाजी श्रेष्ठले स्वागत गरेका थिए ।
विशेष अतिथिका रुपमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष उदयराम कायष्थ रहेका कार्यक्रममा बनेपा ४ का वडाध्यक्ष श्यामशुन्दर श्रेष्ठ, नेफ्स्कुनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका सचिव बुद्धरत्न मानन्धर गरेका थिए ।
